१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

आइतबार यी कम्पनीकाे भयाे सर्वाधिक कारोबार


१५ माघ, काठमाडाैं । साताको पहिलो काराेबारकाे दिन आइतबार सेयर बजारमा गिरावट आएकाे छ । गत साताको अन्तिम दिन झिनो अकंले घटेको सेयर बजार यो साताको सुरुवातमै दोहोरो अकंको घटेकाे हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.६८ अकंले घटेर २१६८.५३ बिन्दुमा बन्द भएको छ । आज २६७ कम्पनीको ८२ लाख ७६ हजार ७५१ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब १ करोड ७० लाख ६३ हजार ९५६ रुपैयाँको कारोबार भएको छ ।

यस दिन आइएमई जनरल इन्स्योरेन्सको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ९ करोड ९९ लाख रुपैयाँमाथिको कारोबार भएको हाे ।

त्यस्तै, हिमालयन उर्जा विकास कम्पनीको ९ करोड २१ लाख, एनआइसी एशिया बैंकको ७ करोड १३ लाख, आँखु खोला जलविद्युतको ६ करोड ८३ लाख र नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ६२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

 

 

प्रकाशित मिति : १५ माघ २०७९, आईतवार १५:१३