८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

पोखरामा एक युवकले गरे आत्मदाहको प्रयास, जलेर २ जना घाइते


१५ माघ, पोखरा । पोखरामा एक युवकले आत्मदहको प्रयास गरेका छन् । काठमाडौंमा केही दिनअघि एक युवकले आत्मदह गरेको घटना सेलाउन नपाउँदै पोखरा महानगरपालिका-१३ काहुँखोला बस्दै आएका १ जनाले आइतबार आत्मदाहको प्रयास गरेका हुन् ।

भाडामा बस्दै आएका ती ती युुवाले आइतबार बिहान शौचालय गएर आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका थिए। उनलाई बचाउने क्रममा घरबेटीसमेत घाइते भएको प्रहरीले जनाएको छ।

आत्मदाह प्रयास गरेका युवा र आगो निभाउन गएकी महिलालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको र ती युवाले आत्मदाह प्रयास गर्नुका कारण भने अहिलेसम्म नखुलेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १५ माघ २०७९, आईतवार १३:५६