१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

हिमालयन उर्जाले २०० प्रतिशत हकप्रद निष्कासन गर्ने


१५ माघ, काठमाडाैं । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएकाे छ । कम्पनी सञ्चालक समितिको माघ १३ गते बसेको बैठकले हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो । कम्पनीले १ः२ को अनुपातमा २ सय प्रतिशत हकप्रद निष्कासन गर्नेछ ।

कम्पनीले विद्युत नियमन आयोगबाट स्वीकृती लिई कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि मात्र हकप्रद सेयर निष्काशन प्रक्रिया अगाडि बढाउने जनाएको छ । त्यसपछि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिई स्वीकृती पाएपछि मात्र हकप्रद सेयर निष्काशन तथा बिक्री गरिनेछ ।

प्रकाशित मिति : १५ माघ २०७९, आईतवार १३:३९