१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

माओवादी केन्द्रका कर्णाली प्रदेश सदस्य बमसहित १५ जना एमालेमा प्रवेश


१५ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश सदस्य लक्ष्मणबहादुर बम नेकपा (एमाले) मा प्रवेश गरेका छन् । कालीकोटको पलाँटा गाउँपालिकाका पूर्व अध्यक्ष बमलाई पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा शनिबार महासचिव शंकर पोखरेलले खादा र अवीर लगाई स्वागत गरेका हुन् ।

बम गत निर्वाचनमा प्रदेश सभाको उम्मेदवार थिए । उनीसँगै शनिबार १५ जना नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

प्रकाशित मिति : १५ माघ २०७९, आईतवार १३:१४