१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

रविको पक्षपोषणका नाममा भैरहेका तर्क वाइयातः प्रा डा युवराज संग्राैला


१५ माघ, काठमाडाैँ । पूर्व महान्यायाधिवक्ता प्रा डा युवराज संग्राैलाले रवि लामिछानेको पक्ष पोषणका नाममा भैरहेका तर्क वाइयात रहेको बताएका छन । सामाजिक सञ्जाल मार्फत आफ्नो टिप्पणी राख्नदै संग्राैलाले रविलाई देउता बनाउने नाममा वाइयात तर्कहरूको भैरहेको बताए हुन ।

उनले रविलाई हिजो निर्वाचन आयोगले किन प्रक्रियामा सहभागी हुन दियो भन्ने जस्ता गलत तर्कहरू गरिएको बताएका छन । संग्राैलाले देशको स्वार्थ हेरेर, रास्ट्रको पक्षमा, कानुनको पालन र नियमको कार्यन्वयन गर्ने र बिग्रीएका, भत्किएका कुरालाइ सम्हाल्ने हो कि राज्यलाइ भत्काएर समाप्त पार्ने हो ? भन्ने प्रश्न समेत गरेका छन । संग्राैलाको टिप्पणी तल हेर्न सक्नुहुन्छ ।

रबि लामिछानेको नागरिक्ताको बिषयमा यथार्थ होइन, जानाजानी रोमान्टिक बहस भैरहेको छ। अनेक खाल्का गोलचक्कर गफ भैरहेका छ्न। सबैले आफ्नो दुनो सोजो गरीरहेका छ्न।सत्य के हो ?

१. रबि लामीछाने नेपाली नागरिक थिए, अमेरिकी पासपोर्ट लीएका रहेछ्न, र अमेरिकी नागरिक भएका रहेछ्न।उनी नेपाल आए। उन्को रास्ट्रीयता नेपाली नै हो। बस, नेपाली नागरिकता रहेन।

२. नेपाली नागरिकले पुन नेपाली नागरिक हुन पाउने ब्यवस्था छ। रबी लामीछनेलाई पुन नेपाली नागरिक हुन पाउने अधिकार छ। यस बारेमा विवाद छैन, हुदैन।

३. विवाद उनी नेपाली नागरिक हुन पाउँछन् या पाउदैनन भन्ने होइन। सर्बोच्च अदालतले नागरिक हुन पाउदैन भनेको पनि होइन। मात्र के हो भने, उन्ले अमेरिकी नागरिकता त्याग्ने बितिकै पुरानो नेपाली नागरिकता कायम हुँदैन। उन्ले आफ्नो पुरानो नागरिकता कायम गर्ने प्रक्रिया पूरा गरि नागरिकता कायम गर्नु पर्ने ब्यवस्था कानुनमा छ। सर्बोच्च अदालतले रबि लामीछाने निर्वाचनमा सरीक हुंदा यो प्रक्रिया पूरा गरेको रहेनछ भन्ने निर्णय गर्यो। तेसको तात्पर्य हो, उन्को निर्वाचन प्रक्रिया कानुन संगत भएन। तर उन्ले नागरिकता प्रक्रिया पूरा गरेर कायम गराउन नपाउने होइन।

४. किन तथ्यलाई बंग्याएर नानाथरीका बहस भैरहेका छ्न। यो बहस कस्का लागी निर्माण गरिएको हो ? किन निर्वाचन आयोगले समेत हिजो प्रक्रियामा सामेल हुन दियो त भन्ने जस्ता बेतुक तर्क गरींदैछ्न। अझ रबी लामीछाने नागरिकताहीन स्टेटलेस मानिस भए भन्ने वाइयात गफ निर्माण गरींदैछ। यो देशको संबिधानको व्याख्या गर्ने अन्तिम आधिकारी सर्बोच्च अदालत हो, उस्को निर्णय मान्नु पर्छ।

५. देशको स्वार्थ हेरेर, रास्ट्रको पक्षमा, कानुनको पालन र नियमको कार्यन्वयन गर्ने र बिग्रीएका, भत्किएका कुरालाइ सम्हाल्ने हो कि राज्यलाइ भत्काएर समाप्त पार्ने हो ?

रबी लामिछानेको समर्थनका नाममा उन्को सबैथोक भत्काउने जमात सक्रिय देखिदैन र सामाजिक संजालमा? उन्ले निवेदन दिएर नेपाली नागरिकता कायम गर्नु पर्यो, उन्को पार्टीको अध्यक्ष फेरि उन्ले हुन पाउने वा नपाउने उन्को दलको कुरा हो, हिजो झुठो बिवरण दिएको हो वा होइन भन्ने कुरा कसैले बिवाद उठाए निर्णय हुने कुरा हो।

बांकी कुरा वाईयात गफ हो। रबी लामीछानेका बिरोधि अरु छैनन, उन्का नाममा वा समर्थनमा असभ्य गाली गर्नेको जमातले नै उन्लाइ समाप्त गर्दै छ्न। उन्ले राम्रो राजनीति गरून्, देश बनाएर राजनीतिको मर्यादा राखुन यो सबैको चाहाना हो। उन्लाइ देवता र राक्षस बनाउने दुबै प्रवृत्ति गलत हुन।

प्रकाशित मिति : १५ माघ २०७९, आईतवार ०७:२७