१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

रेशम चाैधरीको उद्देश्य मन परेको भन्दै मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा


१४ माघ, काठमाडौं । नायिका एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन् । शनिबार बुटवलमा एक कार्यक्रमकाबीच नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले उनलाई पार्टी प्रवेश गराएकी हुन् ।

एलिजाले पार्टीको उद्देश्य एकदमै राम्रो लागेकाले आफूले नागरिक उन्मुक्ति रोजेको बताइन् । गौतमले आफूले सानैदेखि समाजसेवा गर्दै आएको र त्यसलाई सहज ढंगले अघि बढाउन राजनीतिक पार्टी आवद्ध भएको बताइन् । उनले रेशम चाैधरी नेतृत्वको पार्टीको काम  गर्ने तरिका पनि मन परेको बताइन ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार १९:२७