६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

एक कम्पनीले जम्मा गर्याे सेयरधनीको खातामा ६.४७ प्रतिशत नगद लाभांश, तपाईंकाे आयाे त ?


१३ माघ, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुको खातामा नगद लाभांश पठाउन सुरू गरेकाे छ । गत पुस २९ गते सम्पन्न बैंककाे सभाले गत आर्थिक वर्षको मुनाफाबाट ६.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । साेही नगद लाभांश हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुकाे सम्बन्धित बैंक खातामा जम्मा गरिएकाे कम्पनीले जनाएकाे छ ।

हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराएका सेयरधनीहरुलाई सेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराउन बैंकले अनुराेध गरेकाे छ । हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराएसँगै उक्त नगद लाभांश क्रमश सम्बन्धित सेयधनीकाे खातामा जम्मा गरिने कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार १४:०५