१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

गणपति लघुवित्तले लाभांश वितरण नगर्ने, याे वर्ष सेयरधनीकाे हात खाली


१३ माघ, काठमाडाैं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने घोषणा गरेको छ । माघ १२ गते, बिहीबार बसेकाे कम्पनी सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई कुनै प्रकारकाे लाभांश वितरण नगर्ने घाेषणा गरेकाे हाे ।

कम्पनीले गत वर्ष भने आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार ११:४३