६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

आर्थिक मिडिया सञ्चालक संघ गठन, सुरूवातमै २२ संस्था जोडिए


११ माघ, काठमाडाैँ ।  आर्थिक मिडिया सञ्चालक संघ (इमान) गठन भएको छ । बुधबार काठमाडौंमा सम्पन्न इमानको पहिलो साभारणसभाले केटिएम भ्वाइस डटकमका रोयल आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको निर्वाचन अधिकृत लव प्याकुरेलले जानकारी दिए । प्याकुरेलका अनुसार कार्यसमितिको उपाध्यक्षमा दैनिकी डट कमका माधवप्रसाद तिवारी र अर्थबजार डटकमका डिल्ली प्रसाद सापकोटा निर्वाचित भएका छन ।

संस्थाको महासचिवमा अर्थसरोकार डटकमका सुरज प्याकुरेल चयन भएका छन् भने उपमहासचिवमा अर्थतन्त्र डटकमका रामेश्वर कार्की र सचिवमा क्रसचेक मासिकका टंक कार्की निर्वाचित भएका छन ।

संघको कोषाध्यक्षमा रोजगार मिडियाका फणिन्द्रप्रसाद दाहाल र सहसचिवमा आर्थिक प्लस डटकमका अमिर लामा चयन भएका छन् भने कार्यकारी सदस्यमा कर्पोरेट बजारकी अप्सरा गौतम चयन भएकी छन् । दुइ जना सदस्य कार्यसमितिको बैठकले चयन गर्ने महासचिव सुरज प्याकुरेलले जानकारी दिए । उनले आर्थिक विधाका सञ्चारमाध्यमहरुको हकहितका लागि गठन गरिएको इमानमा हाल २२ वटा आर्थिक मिडियाहरु सदस्य रहेका छन ।

इमानको साधारणसभा सम्पन्न गर्नका लागि त्रिभुवन विश्वविद्यालयका प्राध्यापक चिरञ्जिवी खनालको संयोजकत्वमा निर्वाचन समिति गठन भएको थियो । जसमा अधिवक्ता समेत रहेका उपप्राध्यापक शशि मरासिनी र वरिष्ठ वृत्तिचत्र सम्पादक लव प्याकुरेल सदस्य रहेका थिए । सधारणसभामा प्रेस काउन्सिल नेपालका सदस्य दीपक पाण्डे र त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक देवराज अर्यालले शुभकामना दिएका थिए ।

   

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार २०:५६