४ बैशाख २०८१, मंगलवार | Wed Apr 17 2024

प्रचण्डलाई संविधान सम्झाउँदै राप्रपा महामन्त्रीले भने, ‘संघीयता खारेज गर्न विधेयक नै पेस गर्न सकिन्छ’


११ माघ, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री शरदराज पाठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संविधान सम्झाएका छन । सामाजिक सञ्जाल मार्फत संविधानको प्रस्तावनाको स्क्रिनसर्ट नै राखेर महामन्त्री पाठकले प्रचण्डलाई संघीयता खारेजीको विषयमा बोल्नेमात्र होइन विधेयक बनाएर संसदमै पेश गर्न सकिने बताएका हुन ।

प्रचण्डले कानुनमन्त्री ध्रुवहादुर प्रधानलाई स्पष्टीकरण माग्ने स्पष्टिकरण माग्ने बताउँदै संघीयताका बिरूद्धमा नबोल्न चेतावनी दिएका थिए । त्यसको काउन्टरमा राप्रपा महामन्त्री पाठकले प्रचण्डलाई संविधानको व्यवस्था सम्झाएका हुन । कानुनमन्त्री प्रधानले एक टेलिभिजन अन्तर्वार्तामा संघीय व्यवस्था खारेज हुनुपर्ने बताएका थिए ।

पाठकले भनेका छन, ‘प्रधानमन्त्री प्रचण्डलाई संविधान स्मरण गराउनुपर्ने भयो। संविधानले सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता र जनतामा निहीत सार्वभौमसत्तालाई मात्र अपरिवर्तनीय मानेको छ ।  यीबाहेक अन्य कुनै पनि धाराविरुद्ध बोल्ने मात्र हैन, संसोधन वा खारेज गर्न सदनमा विधेयक नै पेस गर्न सकिन्छ।’

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार ०९:११