१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

नेप्सेले गर्याे नेशनल माइक्राेफाइनान्सकाे सेयर कारोबार फुकुवा, भोलिबाट किनबेच गर्न सकिने


१० माघ, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार फुकुवा गरेकाे छ । नेप्से फुकुवा गरेसँगै अब यस कम्पनीकाे सेयर भोलि बुधबारबाट कारोबारमा आउनेछ।

काराेबार समयमै आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ३८.५ प्रतिशत बोनस सेयर वितरण गर्ने सूचना सार्वजनिक गरेकाे थियाे । कम्पनीले उक्त लाभांश सम्बन्धि पत्र नेप्सेमा कारोबार समयमा उपलब्ध गराएको हुँदा नेप्सेले धितोपत्र सूचीकरण नियमावली बमोजिम सेयर कारोबार रोक्का राखेको थियो ।

प्राविधिक त्रुटिले त्यस्तो हुन गएको र अब उप्रान्त धितोपत्र सूचीकरण विनियमावली, २०७५ र धितोपत्र सूचीकरण सम्बन्धी सम्झौताका शर्तको पूर्णपालना गर्ने यस्ताे गल्ति नदोहोर्याउने जनाउँदै कम्पनीले स्पष्टिकरण पेश गरेको हुँदा कारोबार फुकुवा गरिएको नेप्सेले जनाएकाे छ ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलवार १७:१५