१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

८.१४ अंकले बढ्याे सेयर बजार, सानिमा जनरल इन्स्याेरेन्सकाे सेयरमूल्यमा सकारात्मक सर्किट


१० माघ, काठमाडाैं । साताको दाेस्राे काराेबारकाे दिन मंगलबजार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ८.१४ अंकले बढेर २१७३.२४ विन्दुमा पुगेकाे छ ।

यस दिन कूल २४८ वटा कम्पनीकाे ८३ लाख एक सय ८७ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ३२ लाख ३० हजार ३९ रूपैयाँ बराबरको कारोबार भएकाे छ ।

आज कारोबार भएका कूल १३ उपसमूहमध्ये ९ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ४ वटा उपसमूहकाे सेयर घटेकाे छ । सबैभन्दा धेरै फाइनान्स समूह बढेकाे छ ।

आज नेपाल टेलिकमकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १२ कराेड ९१ लाख ७ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

मंगलबार सानिमा जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४ सय ४४ रूपैयाँ ६० पैसा पुगेकाे छ । आज मैलुङ खाेला जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलवार १५:२५