२३ मंसिर २०८०, शनिबार | Sat Dec 9 2023

नेपाल टेलिकमसहित आज यी कम्पनीकाे भयाे सर्वाधिक कारोबार


१० माघ, काठमाडौं । साताको दाेस्राे काराेबारकाे दिन मंगलबजार सेयर बजार सामान्य अंकले बढेको छ । यस दिन सेयर बजार ८.१४ अंकले बढेर २१७३ विन्दुमा पुगेको छ ।

शेयरबजार बढेसँगै आज सेयर बजारमा ३ अर्बमाथिको कारोबार भएको छ । यस दिन नेपाल टेलिकमको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १२ करोड ९१ लाख रुपैयाँमाथिको कारोबार भएको हाे ।

त्यस्तै, शिव श्री हाइड्रोपावरको १० करोड ४१ लाख, अपि पावरको ९ करोड ३० लाख, अपर तामाकोशीको ९ करोड १६ लाख र एनआइसी एशिया बैंकको ७ करोड ५३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलवार १५:१७

UniversityCollege.com