८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

विकास बैंकहरूको नाफा २०.९१ प्रतिशतले घट्यो, कुनको कस्ताे छ अवस्था ?


१० माघ, काठमाडौं । विकास बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८ वटा बैंकहरूले वित्तीय विवरण सार्वजनिक गरेका छन् । बैंकहरूले सार्वजनिक गरेकाे वित्तीय विवरणअनुसार दोस्रो त्रैमाससम्ममा अधिकांश विकास बैंकको नाफा घटेको छ ।

उक्त विवरणअनुसार साे अवधिमा ३ वटा बैंकको नाफा बढेको छ भने ५ वटा बैंककाे नाफा घटेकाे छ । चालु आवको ६ महिनाको अवधिका सञ्चालनमा रहेका ८ वटा राष्ट्रियस्तरका विकास बैंकहरुले कुल २ अर्ब ५३ करोड २३ लाख ६३ हजार रुपैयाँ नाफा कमाएका छन् । गत वर्षको साेही अवधिको तुलनामा विकास बैंकहरुको नाफा २०.९१ प्रतिशतले घटेको हो । गत आवको सोही अवधिमा यी बैंकहरुले कुल ३ अर्ब २० करोड १७ लाख ४४ हजार रुपैयाँ नाफा कमाएका थिए ।

यी हुन् नाफा बढाउने बैंकहरू

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३ वटा बैंकहरूले मात्रै नाफा बढाएका छन् । नाफा बढाउनेमा मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक र साइन रेसुङ्गा विकास बैंक रहेका छन् । दाेस्राे त्रैमाससम्ममा मुक्तिनाथ विकास बैंककाे नाफा ३.९६ प्रतिशतले बढेर ६२ करोड ६२ लाख ३३ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै, गरिमा विकास बैंककाे नाफा १.८६ प्रतिशतले बढेर ५० करोड २१ लाख ४६ हजार रुपैयाँ पुगेको छ । याे अवधिमा साइन रेसुङ्गा विकास बैंककाे नाफा २३.१८ प्रतिशतले बढेर ४२ करोड ९६ लाख ७८ हजार रुपैयाँ कायम गर्न सफल भएकाे छ ।

यी बैंकको घट्यो नाफा

याे अवधिमा ५ वटा विकास बैंकको नाफा घटेको छ । ज्योति विकास बैंक, सांग्रिला विकास बैंक, महालक्ष्मी विकास बैंक, लुम्बिनी विकास बैंक र कामना सेवा विकास बैंकको नाफा घटेको हाे । याे अवधिमा सबैभन्दा बढी ज्योति विकास बैंकको नाफा घटेकाे छ । बैंककाे नाफा ८९.९० प्रतिशतले घटेर ३ करोड ४७ लाख ५९ हजार रुपैयाँमा सीमित भएको छ । कामना सेवा विकास बैंकको नाफा ४३.०१ प्रतिशतले घटेर १९ करोड ५८ लाख ७१ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै, सांग्रिला डेभलपमेन्टको नाफा ३६.३८ प्रतिशतले घटेर १६ करोड ६५ लाख ६३ हजार रुपैयाँ पुगेकाे छ । महालक्ष्मी विकास बैंकको नाफा ३०.७४ प्रतिशतले घटेर ३१ करोड ६० लाख ४६ हजार रुपैयाँमा सिमित भएकाे छ । लुम्बिनी विकास बैंकको नाफा २५.७८ प्रतिशतले घटेर  २६ करोड १० लाख ६७ हजार रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलवार १३:०६