८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

सामन्त गोयलसँगको गोप्य वार्तापछि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली पहिलो पटक आमने-सामने


१० माघ, काठमाडाैँ । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँगको गोप्य भेटवार्तापछि प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलो पटक आमने-सामने भएका छन । गोयलले प्रचण्डसहितका नेताहरूसँग सुटुक्क भेटेर फर्किसकेका छन ।

प्रधानमन्त्री प्रचण्डसँग भेट गर्न मंगलबार बिहान १० बजे एमाले अध्यक्ष ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन । प्रचण्ड र ओलीको बीचमा राष्ट्रपतिको निर्वाचन र सरकारमा जसपा भित्र्याउने र जनमतलाई टिकाउने लगायतको विषयमा छलफल भैरहेको छ । जमतले उद्योग र जसपाले स्वास्थ्य मन्त्रालय माग गरेको छ ।

जनमतले सरकारमा सहभागिता जनाएको भए पनि मन्त्री भएका अब्दुल खान जिम्मेवारीमा चित्त नबुझेका कारण मन्त्रालय गएका छैनन् । मालदार मन्त्रालय मागेको भए पनि त्यो नदिएको भन्दै जनमतले असन्तुष्टि जनाएको छ । त्यस्तै जसपाले मालदार मन्त्रालय नपाएको भन्दै सरकारमा सहभागिता जनाउन अस्वीकार गरिरहेको छ ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलवार ११:२२