८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै शुभम पावर, कति दिने आवेदन ?


१० माघ, काठमाडाैं । शुभम पावर कम्पनी लिमिटेडले माघ १८ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन तथा विक्रि खुल्ला गर्ने भएको छ । कम्पनीले यस अघि नै आयोजना प्रभावित र बैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि लागि आईपीओ बिक्रि गरी बाँडफाँड समेत गरिसकेको छ ।

कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयका लागि आईपीओमा बिक्री नभएको १ लाख ८० हजार ५८० कित्ता थप गरी कुल ५ लाख ८० हजार ५८० कित्ता आईपीओ बिक्री खुला गर्न लागेको हो। कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री गरिसकेको छ। ५ प्रतिशतले हुन आउने २९ हजार ३० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ११ हाजर ६१० कित्ता कर्मचारीलाई छुट्याएको छ । बाँकी ४ लाख ८१ हजार ८८२ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि छिटोमा माघ २२ गतेसम्म साे अवधिमा माग बमाेजिम आवेदन नपरेमा फागुन ३ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलवार १०:३८