१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

५८.९९ प्रतिशतले घट्यो जानकी फाइनान्सको नाफा


१० माघ, काठमाडाैं । जानकी फाइनान्स लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

दोस्रो त्रैमाससम्म फाइनान्सले १ करोड ४५ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएकाे छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ५८.९९ प्रतिशतले कम हो। गत वर्षको यही अवधिमा फाइनान्सले ३ करोड ५५ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएकाे थियो।

याे अवधिमा फाइनान्सको सञ्चालन मुनाफा ५७.९७ प्रतिशतले घटेर १ करोड ७९ लाख ६५ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा फाइनान्सको सञ्चालन मुनाफा ४ करोड २७ लाख रूपैयाँ रहेको थियो । फाइनान्सको खुद व्याज आम्दानी भने ६.१५ प्रतिशतले बढेर १० करोड १० लाख रुपैयाँ पुगेको छ । गत वर्ष फाइनान्सकाे खुद व्याज आम्दानी ९ करोड ५१ लाख रुपैयाँमा सीमित थियो।

फाइनान्सको चुक्ता पुँजी ६९ करोड ४ लाख रुपैयाँ र जगेडा कोषमा २० करोड ५१ लाख रुपैयाँ रहेको छ । कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ११.८५ रुपैयाँ घटेर ४.२३ रुपैयाँमा रहृकाे छ । पीई रेसियो १००.६२ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १३६.९१ रुपैयाँ रहेको छ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलवार १०:१७