१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

तपाईंको खातामा आयो त १० प्रतिशत नगद लाभांश ? नआए यसो गर्नुस्


१० माघ, काठमाडाैं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले सेयरधनीहरूको बैंक खातामा नगद लाभांश पठाएको छ । कम्पनीले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको सम्बन्धित बैंक खातामा लाभांश जम्मा गरेकाे हाे ।

कम्पनीको माघ ६ गते सम्पन्न भएको वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

साधारण सभाबाट पारित गरिएको १० प्रतिशत नगद लाभांश मध्ये लाभांशमा लाग्ने कर कटाइ बाँकी रकम संस्थाले सेयरधनीहरूको खातामा जम्मा गरेकाे हाे ।

हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने सेयरधनीहरुलाई आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराएर नगद लाभांश लिन कम्पनीले अनुरोध गरेको छ । कम्पनीले बैंक खाताका साथसाथै प्यान नम्बर पनि अद्यावधिक गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलवार ०९:५५