१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

विवादित कलाकार किशोर खतिवडा अभिनित ‘जीवनसाथी’ शुक्रबारबाट प्रदर्शनमा आउने


९ माघ, काठमाडाैँ । प्रेमकथामा आधारित फिल्म ‘जीवनसाथी’ आगामी शुक्रबार अर्थात माघ १३ गतेबाट प्रदर्शनमा आउने भएको छ । दीपक तामाङ लामा निर्देशित फिल्ममा विवादित कलाकार किशोर खतिवडा, अर्जुन गुरुङ, जयकिशन बस्नेत, सानिया खानलगायतको अभिनय छ ।

प्रिन्सराज श्रेष्ठ, भरतकुमार मल्ल, दीपक तामाङ लामाको निर्माण रहेको फिल्म फायर इन्टरप्राइजेज र सिन्का फिल्म प्रोडक्सनको व्यानरमा निर्माण भएको हो । भरतकुमार मल्लको प्रस्तुति रहेको फिल्मको मलेसिया, फ्रान्स, पोर्चुगल, जापानमा समेत विशेष प्रदर्शन हुनेछ । फिल्मको वितरक आरआर फिल्मस् हो ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार ०९:५९