७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

वाणिज्य बैंकहरुले सार्वजनिक गरे वित्तीय विवरण, कुन बैंककाे अवस्था कस्तो ?


८ माघ, काठमाडाैं । वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। हालसम्म २० वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । बैंकहरूले सार्वजनिक गरेकाे विवरण अनुसार सबैभन्दाबढी नबिल बैंकले नाफा कमाउँदै पहिलाे स्थानमा रहेकाे छ भने एनआईसी एशिया बैंक नाफा कमाउनेमा दोस्रो स्थानमा रहेको रहेकाे छ । हेराैं याे अवधिमा कुन बैंकले कति कमाए नाफाः

१) नबिल बैंक

नबिल बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३ अर्ब ४१ करोड ७६ लाख ९८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको पुस मसान्तसम्मको तुलनामा ५६.६७ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा बैंकले २ अर्ब १८ करोड १४ लाख २० हजार रुपैयाँ नाफा गरेको छ ।

सो अवधिमा बैंकको खुद ब्याज आम्दानी ८५.६३ प्रतिशतले बढेर ७ अर्ब ८३ करोड २९ लाख ५६ हजार रुपैयाँ पुगेको छ । बैंकको कुल संचालन आम्दानी ९ अर्ब ५१ करोड ६३ लाख १६ हजार रुपैयाँ पुगेको छ । बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ र जगेडा तथा कोषमा २६ अर्ब ८१ करोड ९२ लाख ७० हजार रुपैयाँ रहेकाे छ । सो अवधिमा बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ २६ पैसा र प्रतिसेयर नेटवर्थ १९९.१२ रुपैयाँ रहेकाे छ ।

२) एनआईसी एशिया बैंक

एनआईसी एशिया बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३ अर्ब २७ करोड ३३ लाख खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको पुस मसान्तसम्मको तुलनामा ३६.२७ प्रतिशतले बढी हाे । गत वर्षको पुस मसान्तसम्ममा बैंकले २ अर्ब ४० करोड २० लाख रुपैयाँ नाफा कमाएको थियो ।

३) ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ अर्ब ७८ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ । याे नाफा गत आ. व. को सोही अवधिको तुलनामा ४.४६ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले २ अर्ब ६६ करोड ३३ लाख ८४ हजार रुपैयाँ नाफा कमाएकाे थियो । यो अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ११ करोड ९१ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

४) राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ७१ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ।  याे नाफा गत वर्षको तुलनामा समीक्षा अवधिमा ४१.२८ प्रतिशतले बढी हाे । गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ९१ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८७ करोड रुपैयाँ रहेको छ।

५) कृषि विकास बैंक 

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कृषि विकास बैंक भने नोक्सानीमा देखिएको छ । गत वर्षको दोस्रो त्रैमासमा १ अर्ब ४२ करोड २५ लाख रुपैयाँ नाफा गरेको बैंक याे वर्षको सोही अवधिमा भने १२ करोड ८९ लाख रुपैयाँ नोक्सानीमा रहेकाे छ ।

६) सिभिल बैंक

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सबैभन्दा कम नाफा सिभिल बैंकले  कमाएकाे छ । बैंकले सो अवधिमा ६३ करोड ७० लाख रुपैयाँ नाफा कमाएको हो ।

७) एभरेष्ट बैंक

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा एभरेष्ट बैंकले सबैंभन्दा बढी नाफा  बढाउन सफल भएकाे छ ।  बैंकले सो अवधिमा १ अर्ब ५८ करोड ८० लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको पुस मसान्तसम्मको तुलनामा ८९.२९ प्रतिशतले बढी हो ।

८) स्टाण्डर्ड चार्टर्ड बैंक

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा स्टाण्डर्ड चार्टर्ड बैंकको नाफा १ अर्ब ७५ करोड रुपैयाँ रहेकाे छ । जुन गत वर्षको तुलनामा समीक्षा अवधिमा ६१.३६ प्रतिशतले बढी हाे । गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ८ करोड नाफा आर्जन गरेको थियो।

९) नेपाल एसबिआई

नेपाल एसबीआई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा बैंकले १ अर्ब १७ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ। जुन गत वर्षको तुलनामा समीक्षा अवधिमा ५०.३९ प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिसम्म बैंकले ७८ करोड २७ लाख नाफा आर्जन गरेको थियो।

१०) लक्ष्मी बैंक

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लक्ष्मी बैंकले १ अर्ब ७ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ। जुन गत वर्षको तुलनामा समीक्षा अवधिमा नाफा ३१.७७ प्रतिशतले बढी हाे । गत वर्ष यही अवधिसम्म बैंकले ८१ करोड ७३ लाख नाफा आर्जन गरेको थियो।

११) हिमालयन बैंक

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा हिमालयन बैंकले ९५ करोड ४७ लाख रुपैयाँ बढी नाफा आर्जन गरेको छ। गत वर्षको तुलनामा समीक्षा अवधिमा बैंकले १८.४२ प्रतिशत नाफा कमाएकाे छ । गत वर्षकाे यही अवधिसम्म बैंकले ७४ करोड ३४ लाख नाफा आर्जन गरेको थियो।

१२) सानिमा बैंक

चालु आर्थिक वर्ष दोस्रो त्रैमाससम्ममा सानिमा बैंकले १ अर्ब २८ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ। याे गत वर्षको तुलनामा समीक्षा अवधिमा १९.३४ प्रतिशतदे बढी नाफा हाे ।  गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ७ करोड नाफा आर्जन गरेको थियो। यस हिसाबले गत वर्षको तुलनामा समीक्षा अवधिमा नाफा १९.३४ प्रतिशतले बढेको छ।

१३) एनएमबि बैंक

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा एनएमबि बैंकले १ अर्ब ९० करोड ११ लाख ५३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ११.०८ प्रतिशतले धेरै हाे । गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ७१ करोड १५ लाख १९ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

१४) माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब २ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब १ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। यस हिसाबले गत वर्षको तुलनामा समीक्षा अवधिमा नाफा १.४३ प्रतिशतले बढेको छ।

१५) सिटिजन बैंक

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सिटिजन बैंकको नाफा सबैभन्दा धेरै घटेको छ  । याे अवधिमा बैंकको नाफा ३२.११ प्रतिशतले घटेर ८४ करोड १३ लाख रुपैयाँ कायम भएको छ ।

१६) सिद्धार्थ बैंक

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सिटिजन बैंकको नाफा २६.३८ प्रतिशतले घटेर १ अर्ब १६ करोड ११ लाख पुगेकाे छ ।

१७) नेपाल बैंक

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नेपाल बैंकको नाफा पनि १७.३९ प्रतिशतले घटेर १ अर्ब १७ करोड ६ लाख कमयम भएकाे छ ।

१८) सनराइज बैंक

समीक्षा अवधिसम्म  सनराइज बैंकले ६५ करोड ३९ लाख रुपैयाँ बढी नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा बैंकले ७४ करोड ५५ लाख नाफा आर्जन गरेको थियो। याे नाफा गत वर्षको तुलनामा समीक्षा अवधिमा १२.२८ प्रतिशतले घटेको हाे ।

१९) प्रभु बैंक

समीक्षा अवधिसम्म प्रभु बैंकले १ अर्ब १७ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ४१ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। याे गत वर्षको तुलनामा समीक्षा अवधिमा नाफा १७.३९ प्रतिशतले घटेको हो।

प्रभु बैंकको नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४.२९ प्रतिशतले घटेर १ अर्ब १९ करोड ९ लाख कायम भएकाे छ ।

२०) प्राइम कमर्सियल बैंक

प्राइम कमर्सियल बैंकले नाफा १ अर्ब ६५ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ६७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। याे गत वर्षको तुलनामा समीक्षा अवधिमा बैंककाे नाफा १.६८ प्रतिशतले घटेको हाे ।

प्रकाशित मिति : ८ माघ २०७९, आईतवार १३:१२