११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

ग्लोबल आइएमई बैंकको नाफा २ अर्ब ७८ करोड, प्रतिसेयर आम्दानी १८ रुपैयाँ ७ पैसा


८ माघ, काठमाडाैं । ग्लोबल आइएमई बैंकले पुस मसान्तसम्म २ अर्ब ७८ करोड २३ लाख ७९ हजार रुपैयाँ नाफा कमाएकाे छ । याे नाफा गत आ. व. को सोही अवधिको तुलनामा ४.४६ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले २ अर्ब ६६ करोड ३३ लाख ८४ हजार रुपैयाँ नाफा कमाएकाे थियो । यो अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ११ करोड ९१ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

पुस मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा दुबै बढेकाे छ । याे अवधिमा बैंकले ६ अर्ब ५४ करोड ३० लाख ८९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने ३ अर्ब ७९ करोड ४५ लाख ६९ हजार रुपैयाँ सञ्चालन नाफा कमाएकाे छ । बैंकको खराब कर्जा १.१३ प्रतिशतटबाट बढेर २.९२ प्रतिशत पुगेको छ । बैंकले ४ खर्ब ३ अर्ब ६८ करोड ३६ लाख ३९ हजार रुपैयाँ निक्षेप संकलन गरेकाे छ ।

बैंककाे चुक्ता पुँजी ३५ अर्ब ७७ करोड १० लाख ६० हजार रुपैयाँ रहेकाे छ । भने बैंकको जगेडा कोषमा १८ अर्ब ३१ करोड ९३ लाख ९० हजार रुपैयाँ रहेको छ । बैंकले ३ खर्ब ६३ अर्ब २३ करोड ९४ लाख ७२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

याे अवधिमा बैंककाे प्रतिसेयर आम्दानी १८ रुपैयाँ ७ पैसा रहेको छ भने नेटवर्थ १५४ रुपैयाँ ३४ पैसा छ । हाल ग्लोबल आइएमई बैंकले बैंक अफ काठमाण्डूलाई गाभेर एकिकृत कारोबार गरिसकेको छ ।

प्रकाशित मिति : ८ माघ २०७९, आईतवार ११:१०