७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

सिन्धु विकास बैंकले बाेलायाे साधारण सभा, लगानीकर्ताकाे भने हात खाली


६ माघ, काठमाडाैं । सिन्धु विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । बैंककाे माघ ५ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे तेर्हाैँ वार्षिक साधारण सभा माघ २७ गते हाेटल सारथी, धुलिखेल, काभ्रेपलाञ्चाेकमा बिहान ९ बजेदेखि सुरू हुनेछ ।

बैंकले आर्थिक वर्ष २०७८/७९ काे मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेकाे छ । यसकारण उक्त आर्थिक वर्षमा बैंकका लगानीकर्ताकाे हात खाली हुने भएकाे छ ।

सभाले, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा-नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतका संलग्न अनुसूचीहरु समेतको स्वीकृत वित्तीय विवरणहरु स्वीकृत गर्ने, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ ।

बैंकले साधारण सभा प्रयाेजनका लागि माघ १६ गतेदेखि बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । यसकाे अर्थ, माघ १५ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार १४:०३