१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

तपाईंकाे खातामा आयो त ५ प्रतिशत नगद लाभांश ? नआए यसो गर्नुहोस्


६ माघ, काठमाडौं । आइसीएफसी फाइनान्सले सेयरधनीकाे खातामा नगद लाभांश पठाउन सुरु गरेको छ । कम्पनीको पुस २९ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई कर सहित ५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । साेही लाभांश कम्पनीले सेयरधनीहरूकाे बैंक खाता जम्मा गर्न सुरू गरेकाे हाे ।

हालसम्म सेयर अभौतिकीकरण नगराएका सेयरधनीले डिम्याट खाता खोलेर सेयर अभौतिकीकरण गर्न तथा बैंक खाता र प्यान नम्बर पनि अद्यावधिक गराउन कम्पनीले आग्रह गरेकाे छ ।

नगद लाभांश खातामा नआएका सेयरधनीकाे हकमा सेयर अभौतिकीकरण गराएपछि क्रमश सम्बन्धित बैंक खातामा उक्त नगद लाभांश जम्मा गरिदिने कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार ११:३६