१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

स्थायी कमिटी सदस्य देवराज घिमिरेले एमाले छाडे


६ माघ, काठमाडाैँ । नेकपा एमालेको स्थायी कमिटी सदस्य रहेका देवराज घिमिरे पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएका छन । सभामुखमा निर्वाचित भएपछि देवराज घिमिरेले एमालेको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट राजीनामा दिएका हुन ।

बिहीबार सभामुखमा निर्वाचित भएपछि घिमिरेले एमालेको पार्टी सदस्यता, पार्टीका सम्पूर्ण राजनीतिक, साङ्गठनिक जिम्मेवारीबाट राजीनामा दिएका हुन ।

सभामुखको भूमिका स्वतन्त्र, निष्पक्ष रूपमा निर्वाह गर्नको लागि पार्टीबाट राजीनामा दिएको उनले बताएका छन । सभामुख घिमिरेले आज राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ खाएर पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार १०:४९