१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

निफ्राले घटाएर सार्वजनिक गर्याे नयाँ ब्याजदर, अब कुन खातामा कति ?


६ माघ, काठमाडाैं । नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट (निफ्रा) बैंकले विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आज माघ ६ गते, शुक्रबारदेखि लागु हुने गरी विभिन्न खातामा निक्षेपकाे ब्याजदर घटाएर नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले सार्वजनिक गरेको उक्त व्याजदर अनुसार बैंकले दिर्घकालिन बचत खातामा यसअघि न्यूनतम १०.१५ प्रतिशतदेखि अधिकतम ११.५० प्रतिशतसम्म ब्याज दिएकोमा अब नयाँ ब्याजदर अनुसार बैंकले न्युनतम ९.१५ प्रतिशतदेखि ११ प्रतिशतसम्म ब्याज दिनेछ ।

पाँच बर्षसम्मको व्यक्तिगत बचतमा भने बैंकले ११ प्रतिशत ब्याज दिने छ । साथै, बैंकले संस्थागत बचतमा ९.१५ प्रतिशतसम्म ब्याज दिने छ । बैंकले विभिन्न कर्जाको ब्याजदर अधिकतम १५ प्रतिशतदेखि न्यूनततम १२ प्रतिशत सार्वजनिक गरेकाे छ ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार १०:२७