१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

अफगानिस्तानसामू नेपालद्वारा १९५ रनको विजय लक्ष्य प्रस्तुत


२६ फागुन, काठमाडौँ । विश्वकप क्रिकेट छनोट अन्तरगतको आफ्नो तेस्रो खेलमा अफगानिस्तानसामू नेपालले १९५ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ । ४९.५ आभेरमा सबै विकेट गुमाउँदै नेपाल १९५ रन बनाउन सफल भयो ।

नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ७५ रन जोडे । त्यस्तै दपेन्द्रसिंह ऐरीले ३२, ज्ञानेन्द्र मल्ल र आरिफ सेखले समान २३ रन जोडे भने बाँकीले दोहोरो अंक बनाउन सकेनन् ।

रोहित कुमार एक रनमै आउट भए । सन्दीप लामिछाने र ललित राजवंशी शून्य रनमै अाउट भए । टिम चक्कन नसक्दा फराकिलो रनको योगफल बनाउन नेपाल चुकेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७४, शनिबार १६:३७