१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

६ विकास बैंकमाथि राष्ट्र बैंकको एक्सन, तिर्न लगायो हर्जाना


४ माघ, काठमाडाैं । नेपाल राष्ट्र बैंकले विभिन्न ६ वटा विकास बैंकलाई कारबाही गरेको छ। केन्द्रीय बैंकले कर्णाली डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र सालपा विकास बैंकमाथि कारबाही गर्दै हर्जाना तिर्न लगाएको हो। आर्थिक वर्ष ७९/८० को पहिलो त्रैमासमा गरिएको गैर स्थलगत सुपरिवेक्षणको आधारमा कैफियत देखिएको यी बैंकहरूलाइ राष्ट्र बैंकले हर्जाना तिर्न लगाएको हो।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार १५:१५