१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

४ फाइनान्स राष्ट्र बैंकको कारबाहीमा, कसले कति तिरे जरिवाना ?


४ माघ, काठमाडाैं । नेपाल राष्ट्र बैंकले नियम उल्लंघन गर्ने ४ वटा फाइनान्स कम्पनीमाथि कारबाही गरेको छ। केन्द्रीय बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नियम उल्लंघन गर्ने नेपाल फाइनान्स, जानकी फाइनान्स, समृद्धि फाइनान्स र प्रोग्रेसिभ फाइनान्सलाई गैरस्थलगत सुपरिवेक्षणका आधारमा हर्जाना तिर्न लगाइएको राष्ट्र बैंकले जनाएको छ।

प्रोग्रेसिभ फाइनान्सले अनिवार्य मौज्दात कायम गर्न नसक्दा र बाँकी फाइनान्सले कर्जा निक्षेप अनुपात मेन्टेन गर्न नसक्दा जरिवाना गरिएको बैंकले जनाएको छ। प्रोग्रेसिभ फाइनान्सलाई अनिवार्य मौज्दातमा २३ हजार १८८.६१ रुपैयाँ जरिवाना गरिएकाे छ ।

यसैगरी नेपाल फाइनान्स र जानकी फाइनान्सले कर्जा निक्षेप अनुपातमा साउनमा पहिलोपटक र भदौमा दोस्रोपटक जरिवानामा परेका छन्। जसअनुसार नेपाल फाइनान्सलाई साउनमा १९ हजार ३३०.६६ रुपैयाँ र भदौमा १ लाख ६५ हजार ५८४.४७ रुपैयाँ र जानकी फाइनान्सलाई साउनमा ६ लाख ५५ हजार १९३.८५ रुपैयाँ र भदौमा ६ लाख ३७ हजार ७९९.८४ रुपैयाँ जरिवाना लगाइएको छ। यसैगरी समृद्धि फाइनान्सले भने भदौमा प्रथमपटक कर्जा निक्षेप अनुपातमा ८० हजार ७४४.९९ रुपैयाँ तिर्नुपरेको छ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार १४:४८