८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

भारतबाट घटेर आउँदा पनि नेपालमा किन घटेन पेट्रोलियम पदार्थको मूल्य ?


४ माघ, काठमाडौं । नेपाल आयल निगमले तत्काल पेट्रोलियम पदार्थको मूल्य नघटाउने भएकाे छ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आँउदापनि नेपालमा भने तत्काल मूल्य नघट्ने भएको हाे ।

भारतबाट मूल्य घटेर आँउदा पनि नेपालमा किन नघटाएको भनेर सर्वसाधरणले साेधेकाे प्रश्नमा निगमले ऋण व्यवस्थापन गर्न निगमलाई अझै चुनौतीपूर्ण अवस्था रहेकाले तत्काल मूल्य नघटाउने भनेर जवाफ दिएको छ । निगमले माघ ३ गते मंगलबार एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा कायम रहेको मूल्य अनुसार भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूची अनुसार निगमलाई एलपी ग्याँसमा अझै प्रतिसिलिन्डर ३५९.५० रुपैयाँ घाटा रहेको  जनाएको छ ।

त्यस्तै, आयल कर्पोरेसन र नेपाल सरकारलाई गरी कुल १७ अर्ब ३० करोड रुपैयाँ ऋण तिर्न बाँकी रहेको निगमले जारी गरेकाे विज्ञप्तिमा उल्लेख गरेको छ ।

उक्त ऋण व्यवस्थापन गर्न निगमलाई अझै चुनौतीपूर्ण अवस्था रहेकाले हाललाई पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने निर्णय गरेको निगमले जनाएकाे छ । आईओसीले माघ २ गते नेपाललाइ पठाएको नयाँ मूल्य सूचीमा डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ७० पैसा घटेर आएको थियो भने पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आएको थियो ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार १२:१०