४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

लाभांश पारित गर्न गुहेश्वरी मर्चेन्टले आह्वान गर्याे साधारण सभा, बुकक्लाेज कहिले ?


३ माघ, काठमाडाैं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे माघ २ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीको २१औँ वार्षिक साधारण सभा माघ २७ गते, शुक्रबार गुहेश्वरी भवन, हरिहर भवन, ललितपुरमा बिहान १० बजेदेखि सुरू हुनेछ ।

सभाले गत आर्थिक वर्षकाे मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई ६.५० प्रतिशत बाेनस सेयर र ०.३४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि माघ २० गते बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । यसकाे अर्थ माघ १९ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै सभामा सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलवार १२:१४