१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

एसीसी यू–१९ क्रिकेटका लागि १५ सदस्यीय नेपाली टोलीको घोषणा (खेलाडीको नामसहित)


९ असोज, काठमाडाैँ । एसीसी यू–१९ क्रिकेट प्रतियोगिताका लागि १५ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । बंगलादेशमा हुने प्रतियोगिताका लागि मुख्य प्रशिक्षक विनोद दास, सुनोज भट्टराई र राजु खड्का सम्मिलित छनौट समितिले मोहमद आशिफ शेखकोक कप्तानीमा यू–१९ टोलीको घोषणा गरेको हो ।

टोलीमा कमलसिंह ऐरी उपकप्तान रहेका छन । टोलीमा रोहितकुमार पौडेल, रवी साह, नन्दन यादव, रित गौतम, पवन शर्राफ, रवीन्द्रजंग शाही, रासिद खान, भीम सार्की, तिर्तराज दास, सन्दीप जोरा, सागर ढकाल, अरुण ऐरी र सूर्य तामाङ रहेका छन । यू १९ एसिया कप क्रिकेट खेल्न नेपाली टोली बिहीबार बंगलादेश जाने छ ।

प्रकाशित मिति : ९ आश्विन २०७५, मंगलवार २०:४७