१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

अपी पावर कम्पनीले पायाे लाभांश वितरण गर्न अनुमति


२ माघ, काठमाडौं । विद्युत नियमन आयोगले अपी पावर कम्पनीलाई लाभांश वितरण गर्न अनुमति पाएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९का लागि प्रस्ताव गरेको लाभांश वितरण गर्न विद्युत नियमन आयोगबाट अनुमति पाएकाे हाे ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको ७.५ बोनस सेयर र कर प्रयोजनका लागी ०.३९४७ प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव गरेको थियाे ।

विद्युत नियमन आयोगबाट स्वीकृति पाएसँगै अब कम्पनीको आगामी वार्षिक साधारणसभाबाट उक्त लाभांश स्वीकृत भएपछि वितरण गरिने कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार १६:१२