७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

५ महिनामा २०.७ प्रतिशतले घट्याे आयात, निर्यात कति ?


२९ पुस, काठमाडाैं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ५ महिनाकाे तथ्याङ्क सार्वजनिक गरेकाे छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मको अवधिमा आयात र निर्यात दुवै घटेकाे छ ।

नेपाल राष्ट्र बैंकले आज जारी गरेको तथ्याङ्क अनुसार २०७९ साउनदेखि मंसिर मसान्तसम्म आयात २०.७ प्रतिशतले घट्दा निर्यात पनि ३४.६ प्रतिशतले घटेकाे हाे ।

त्यस्तै, पछिल्लाे ५ महिनामा कुल वस्तु व्यापार घाटा १८.८ प्रतिशतले घटेको छ । मुद्रास्फीति ७.३८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएकाे छ ।

प्रकाशित मिति : २९ पुष २०७९, शुक्रबार १५:२०