१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

अष्ट्रेलियाको विग व्यासमा नेपालीलाई अवसर


२८ पुस, एडिलेड । अष्ट्रेलियामा नेपाली समुदाय सानो छ तर पनि यहाका विभिन्न महत्वपुर्ण क्षेत्रमा महत्व पाउदै गएको छ । क्रिकेटको बिश्व नम्वर एक राष्ट्र अष्ट्रेलियाको प्रतिष्ठित क्रिकेट प्रतियोगिता बिबिएल अर्थात विग व्यास लिग क्रिकेट जारी रहेको छ । यहि क्रममा एडिलेडमा सोमवार भएको एडिलेड स्ट्याकर र मेलबर्न रेनेगेटस विचको खेलमा व्याट फ्लिप गर्ने मौका एडिलेड नेप्लिज क्रिकेट एशोशियसनको तर्फबाट त्यसका अध्यक्ष बिजय जोशीले प्राप्त गरेका छन् ।

बहुसांस्कृतिक मुलुक राष्ट्र अष्ट्रेलियाले विभिन्न क्षेत्र सहित क्रिकेटमा समेत समाजको विविधताको प्रतिनिधित्व गराउने प्रयास गर्दै आएको छ । साउथ अष्ट्रेलियन क्रिकेट एशोशियसन(शाका) को पहलमा विग व्यासको इतिहासमा नै पहिलो पल्ट बहुसांस्कृतिक समुदायलाई खेल प्रारम्भ हुनु अगाडिको व्याट फ्लिप गर्ने अबसर दिएको हो ।

अष्ट्रेलियामा नेपाली भन्दा सार्क राष्ट्रकै अन्य देशको समुदाय ठुलो हुदा हुदै पनि नेपालीलाई अवसर दिनु गौरबको बिषय भएको एन्का अध्यक्ष विजय जोशीले बताए । जोशी पाल्पाली ढाकाको टोपीमा सयौ दर्शकहरुले भरिएको स्टीडियमको मैदानमा पुगेका थिए ।

यस अगाडी एन्का अन्तरगत क्रिकेट प्रशिक्षण लिइरहेका बालबालिकाहरुलाई समेत अन्तराष्ट्रिय खेल मैदानमा अभ्यास गर्न दिईएको थियो । जोशीले नेपाली बालबालिकाहरुले अन्तराष्ट्रिय खेल मैदानमा अभ्यासका लागि केहि समय प्राप्त गर्नाले खेलाडीहरुमा उत्साह थपेको समेत बताए ।

प्रकाशित मिति : २८ पुष २०७९, बिहीबार २१:३०