१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

नेपाल टेलिकमको साधारण सभाबाट लाभांश प्रस्ताव पारित, आजैबाट सेयरधनीहरुलाई वितरण हुने


२८ पुस, काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको पन्ध्रौँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौंमा कम्पनीकाे सभा सम्पन्न भएको हाे ।

उक्त सभाले आर्थिक वर्ष २०७८/७९ को मुनाफा रकम मध्येबाट प्रतिसेयर ४० रुपैयाँका दरले सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

साथै, साे सभाले आर्थिक वर्ष २०७८/७९ को लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।

पन्ध्रौँ साधारण सभाले पारित गरे बमोजिमको लाभांश रकम आज पुस २८ गते बिहीबारदेखि एनएमबी बैंकमार्फत सर्वसाधारण सेयरधनीहरुलाई वितरण गर्ने व्यवस्था गरिएको कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : २८ पुष २०७९, बिहीबार १६:०६