१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मेलवर्नमा प्रवासी नेपाली युवा मञ्चको शुभकामना आदान प्रदान सम्पन्न


२५ पुस, अष्ट्रेलिया । प्रवासी नेपाली युवा मञ्च भिक्टोरियाको आयोजनामा नयाँ वर्ष २०२३ को शुभकामना आदान प्रदान तथा भेटघाट सम्पन्न भएको छ । प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका सल्लाहकार कमिटी अध्यक्ष जगदिश तिमिल्सिनाको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा भिक्टोरियाका नेपाली सामाजिक अभियन्ताहरु सहित मञ्चका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । प्रमुख अतिथि तिमिल्सिनाले नयाँ वर्षको शुभकामना व्यक्त गर्दै युवाहरुलाई नेपाली समुदायको हितमा थप क्रियाशिल हुन आग्रह गरेका थिए ।

अष्ट्रेलियन नेप्लिज जर्नालिष्ट एशोशियसनका अध्यक्ष चिरञ्जीवी देवकोटाले सहभागीहरुमा नयाँ वर्षको शुभकामना व्यक्त गरेका थिए । ओएनएफ भिक्टोरिया अध्यक्ष द्रोण पन्त समिरले युवाहरुलाई नव आगन्तुक युवाहरुका लागि सहयोग पुग्ने कार्यक्रमहरु अगाडि बढाउन आग्रह गर्दै प्रवासमा पहिला नेपाल र नेपाली भएकाले थप क्रियाशिल हुन अनुरोध गरेका थिए । युवा मञ्चका अष्ट्रेलिया सचिव विरोध थिङले मञ्च अष्ट्रेलियामा रहेका युवाहरुको पक्षमा क्रियाशिल रहेको बताए ।

प्रवासी युवा मञ्च भिक्टोरिया अध्यक्ष बिकास सिल्वालको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक अगुवा बम योञ्जन, ओएनएफ अष्ट्रेलियाका पुर्व सदस्य प्रकाश सेढाई, पत्रकार तथा अगुवा दिकपाल देव पंगेनी, युवा मञ्च अष्ट्रेलियाका कोषाध्यक्ष संजिव मगर, ओएनएफ सल्लाहकार लक्ष्मी अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

अध्यक्ष सिल्वालले युवा मञ्चले स्थापना देखी नै युवाहरुको पक्षमा क्रियासिल रहेको बताउदै आगामी दिन थप कमिटीलाई व्यवस्थित गर्दै विभिन्न कार्यक्रम संचालन गर्ने बताए । वार्विक्यु सहितको कार्यक्रममा युवाहरुले विभिन्न गित संगित समेत प्रस्तुत गरेका थिए ।

 

प्रकाशित मिति : २५ पुष २०७९, सोमबार १७:३२