१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

माया खोला हाईड्रोको आईपीओ बाँडफाँड


२२ पुस, काठमाडाैं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडकाे आईपीओ बाँडफाँड भएकाे छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको साधारण सेयर (आईपीओ) शुक्रबार बाँडफाँड भएकाे हाे ।

प्रभु क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडको प्रतिकित्ता १०० रूपैयाँ अंकित दरको २ लाख ४० हजार कित्ता आईपीओ नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको लागि मंसिर २३ गतेदेखि पुस ८ गतेसम्म बिक्री गरिएकाे थियाे ।

साे अवधिमा ८ हजार ८ सय ७ जना आवेदकहरुबाट ७ लाख ७४ हजार २ सय ३० कित्ता आईपीओको लागि आवेदन प्राप्त भएकोमा सि—आश्वा सदस्य बैक तथा वित्तिय संस्थाकाे विभिन्न कारणबाट ५ सय ४८ जना आवेदकहरुबाट प्राप्त ४७ हजार ३ सय ६० कित्ता आईपीओको लागि आवेदन रद्द गरेपश्चात बाँकी रहेको ८ हजार २ सय ५९ जना आवेदकहरुको ७ लाख २६ हजार ८ सय ७० कित्ता आईपीओको लागि आवेदन प्राप्त भएकोमा निष्कासन तथा बिक्री प्रबन्धकबाट आवेदन रुजु गर्दा १ जना आवेदकले दुई वटा हितग्राही खाताबाट ३० कित्ता सेयरको लागि आवेदन गरेकोले सोलाई रद्द गरी बाँकी हुन आएको ८ हजार २ सय ५७ जना आवेदकहरुबाट प्राप्त ७ लाख २६ हजार ८ सय ४० कित्ता आईपीओ आज पुस २२ गते शुक्रबारका दिन १० कित्तादेखि ३० कित्ता आवेदकहरुलाई माग बमोजिम तथा ४० कित्तादेखि ६ हजार ३ सयसम्म आवेदन दिने आवेदकहरुलाई ३० कित्ताको दरले गरी जम्मा ८ हजार २ सय ५७ जना आवेदकहरुलाई २ लाख १५ हजार ६ सय ७० कित्ता आईपीओ बाँडफाँड गरीएको र बाँकी रहेको सेयरको लागि ४० कित्ता देखि ६ हजार ३ सय कित्ता सेयर आवेदन दिने ५ हजार ४ सय ८३ जना आवेदकहरुबाट २४ हजार ३ सय ३० कित्ता गरी जम्मा २ लाख ४० हजार कित्ता सेयर बाँडफाँड सम्पन्न गरिएको क्यापिटलले जनाएको छ।

बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट https://results.prabhucapital.com र तथा सिडिएससिको वेवसाइट https://iporesult.cdsc.com.np बाट हेर्न सकिनेछ ।

प्रकाशित मिति : २२ पुष २०७९, शुक्रबार १६:१६