११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

विश्व पर्यटन दिवसमा टानले ककनी हुँदै सूर्यचौर सम्मको हाईकिङ गर्दै


८ असाेज,काठमाडाै ।  ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले विश्व पर्यटन दिवस २०१८ को अवसरमा असाेज ९ गते ककनी हुँदै सूर्यचौर सम्मको हाईकिङ गर्ने भएको छ । टानले  ‘टुरिजम एण्ड दि डिजीटल ट्रान्सफर्मेशन’ भन्ने मूल नाराका साथ सबै पर्यटनसँँग आवद्ध संघ संस्थाहरुको सहकार्यमा विश्व पर्यटन दिवस मनाउन लागेकाे  टानका एक सदस्यले जानकारी दिएका छन् ।

टानले मंगलबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीका साथ ककनी मेमोरियल पार्कबाट शिवपुरी नेशनल पार्क हुँदै सूर्यचौर सम्मको हाईकिङ गर्ने भएको छ । उक्त हाईकिङ कार्यक्रममा पर्यटन सँग सम्वद्ध करिब ३ सय जनाको सहभागिता हुनेछ । सूर्यचौरबाट चराचुरुंगीहरुको मिठाे अावाज सुन्दै  विभिन्न हिमालहरूकाे  दृष्य अवलोकन गर्न सकिन्छ ।

प्रकाशित मिति : ८ आश्विन २०७५, सोमबार १४:०५