११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा रमेश लेखक मनोनीत


काठमाडौं ।  नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा रमेश लेखक मनोनित भएका छन् । कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको संशोधित विधान धारा १३ को उपधारा १ बमोजिम लेखकलाई मुख्य सचेतकमा मनोनयन गरेको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।

लेखक कञ्चनपुर क्षेत्रनम्बर ३ बाट प्रतिनिधि सभामा निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : १९ पुष २०७९, मंगलवार १३:२७