८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

डा प्रकाशचन्द्र लोहनीलाई प्रश्नः तपाईंहरूले प्रचण्ड मार्फत राजसंस्था फर्काउन खोजेको हो ?


१७ पुस, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को निर्देशक समितिका अध्यक्ष एवं पूर्व मन्त्री डा प्रकाशचन्द्र लोहनीले राजसंस्था फर्किने वातावरण बन्दै गरेको बताएका छन । दैनिकी संवादमा कुरा गर्दै डा लोहनीले सरकारलाई दिएको समर्थन राजसंस्था फर्काउने वातावरण तयार गर्नका निम्ति भएको बताएका छन ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई प्रयोग गरेर राजसंस्था फर्काउने प्रयास गर्न लागिएको हो ? भन्ने प्रश्नमा उनले त्यसका लागि विस्तारै वातावरण बन्दै गरेको बताए । डा लोहनीले प्रचण्ड १० वर्षमा १८० डिग्रीको कोणमा परिवर्तन भएको भन्दै कोट र टाइलाई क्रान्ती सम्झिनेले दौरासुरूवालमा प्रधानमन्त्रीको सपथ खाएको बताए ।

आफू कहिल्यै गणतन्त्रवादी नभएको भन्दै केही समय तत्कालीन पार्टीले गणतन्त्रको लाइन लिग्दा आफू चुपमात्र लागेको बताए । डा लोहनीले व्यक्ति गौण कुरा भए पनि देशको अस्तित्व रक्षाका लागि राजसंस्थाको आवश्यकता देखिएको बताए । डा लोहनीले राप्रपा सर्तसहित सरकारमा सहभागी हुन लागेको जानकारी दिँदै कुनै पनि दिन सर्त उलंघन भए तत्कालै सरकारबाट बाहिरिने बताए । डा लोहनीसँगको कुराकानी तल हेर्न र सुन्न सक्नुहुन्छ ।

प्रकाशित मिति : १७ पुष २०७९, आईतवार १३:३२