१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

दुई वर्षपछि प्रचण्ड निवास जाँदै केपी ओली, माधव नेपालसँगको भेटको समिक्षा हुने


१३ पुस, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओली दुई वर्षपछि प्रचण्ड निवास जाँदैछन । अहिले केहीबेरमा प्रचण्ड निवास खुमलटारमा ओली पुग्नेछन । त्यहाँ प्रधानमन्त्री समेत रहेका पुष्पकमल दाहाल प्रचण्ड र ओलीको बीचमा विहानको माधव नेपालसहितको भेटको समिक्षा हुने बताइएको छ ।

ओली र प्रचण्डको भेटपछि त्यही माधवकुमार नेपालसँग त्रिपक्षीय भेटवार्ता हुने सम्भावना पनि रहेको छ । यसअघि नेकपाको नयाँ नाम जुर्न नसकेपछि ओली प्रचण्ड निवासमा पुगेका थिएनन् । अहिले प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि ओली पहिलो पटक खुमलटार जान लागेका हुन् ।

प्रकाशित मिति : १३ पुष २०७९, बुधबार ११:३८