१५ माघ २०७९, आईतवार | Sun Jan 29 2023

कानुनले किन स्त्री मात्रै बलात्कृत हुन्छन भन्छ ?

-लक्ष्मण सिटाैला

अदालतमा पुरुष बलात्कारका मुद्दामा आजसम्म कुनै पनि स्त्रीले सजाय पाएको घटना तपाईले सुन्नु भएको छ ? पक्कै पनि छैन। नेपालमा लिखित संविधान जारी भएको यतिका समय भए पनि स्त्रीले पुरुष माथी गरेको यौन हिंसाका बारेमा सजाय पायको नजिर स्थापना भएको छैन। नेपालमा महिलामाथि हुने यौन हिंसालाई मात्रै बलात्कार भनिन्छ र भनिदै आइयो। तर, पुरुष माथी पनि यौन हिंसा हुन्छन् भन्ने कुरामा न कानुन सहमत छ न समाज नै।

हाम्रो छिमेकी देश भारतमा यौन अपराधलाई लैङ्गिक तटस्थ बनाउने माग पहिले नै उठेको थियो । खास गरेर धर्मलाई र सस्कारलाइ कानुनको श्रोत मान्ने देशमा पुरुष मैत्री कानुनी ब्यवस्था छैन जस्तो खाडि मुलुकहरू पाकिस्तान बङ्गलादेश भारत र हाम्रो देशलाई नै उदाहरणका रूपमा लिन सकिन्छ । अझै धार्मिक कानुन भएको देशमा स्त्री माथी अपराध घट्यो भने फतवा जारी गरिन्छ । हाम्रो देशमा राणा कालमा पनि नाबालक, बृद्ध,स्त्री र ब्राह्मण ( पुरोहित ) ले गरेका गल्तीलाई सकेसम्म आम माफी दिइने चलन थियो।

इतिहासमा महारानी राजेन्द्रलक्ष्मी आफ्ना पतिको आशौच नसकिदै आशौच भित्रैमा सार्वजनिक स्थलहरुमा पनि स्वच्छन्द रुपमा हिँड्दुल गरेकी अनि आफ्नो प्रेमी काजी सर्वजित रानासँग अबैध सम्बन्ध स्थापित गरि आफ्नै देवर बहादुर शाहलाई देश निकाला गर्ने जस्तो घृणित कार्यलाइ समेत स्त्री भएको कारण यिन्लाइ सजाय भएन तर सर्वजीत रानाले काटिन पर्यो।

के आफ्नो एकल इच्छाले सर्वजित राना महारानीसग सम्बन्धमा रहे होलान त? महारानीले आफ्नो शारीरिक भोक मेटाउन रानालाइ प्रयोग गरिन त्यस्को बदलामा राना आफै काटिन पर्यो। नारी भएकै कारण राजेन्द्र लक्ष्मीलाई आम माफी दिइनु अनि पुरुष भएका कारण सर्वजित रानाले चै मृत्युदण्ड पाउनु के यो इतिहासको एउटा कलन्क थिएन त ? फेरि यस्ता घटनाहरु स्त्रीलाइ जोगाउन पनि प्रमाणित नगरीकनै आधारहरु मेटाउने प्रचलन रह्यो। सहमतिमा बर्सौसम्म दुवैले बराबर आनंद भोग गर्ने अनि स्त्रीलाइ मन नपर्दा रअर्को पुरुषसग सम्बन्धमा रहेको खण्डमा पहिलो ब्यक्ति माथी मुद्दा दायर गर्ने दुख दिने चरित्र हत्या गर्ने अनि आफू भने सतिसावित्री भै चोखिन खोज्ने यो परम्परा नेपालमा नयाँ भने होईन ।

एउटाि स्त्रीले आफ्नो यौन स्वार्थ र अन्य सामाजिक आर्थिक नैतिक स्वार्थका कारण पुरुषलाई आफ्नो नियन्त्रणमा लिने, केही बर्ष सम्म उसलाई निर्धक्क उपयोग गर्ने अनि आफ्नो खुसी र स्वार्थकै कारण फेरि अर्को नयाँ पुरुषसग सम्बन्ध स्थापित गरि पहिलो पुरुषसग सम्बन्ध तोडि नयाँसग जोडीइ पहिलो पुरुषलाई आघात पुर्याउनु के यो के यो पुरुष माथी भएको यौनजन्य हिंसा होईन त? के यो पुरुष माथी भएको बलात्कार होईन ? के यो महिलाले पुरुष माथि गरेको ज्यादती होइन? केटाले यही हर्कत गरेमा अदालतमा मुद्दा हालेर केटाको सम्पत्ति माथि आधा हिस्सेदार बन्न खोज्ने स्त्रीलाई नेपालको कानुनले भने पुर्ण सुरक्षा प्रदान गरिरहेको अवस्था छ।

कानुन पुरुष मैत्री होईन महिला मैत्री छ। समाजले स्थापना गरेको आदिम अवधारणालाई अझैसम्म पनि कानुन निर्माणको श्रोत मान्ने गरेका छौ हामीले । हाम्रो जस्तो कम्जोर कानुनलाई युग अनुसार परिवर्तन गर्न नसकियमा यस्ले एक प्रकारको सामाजिक र बर्गिय बिभेदको पर्खालमा इट थपिरहने काम गर्छ। महिला सुरक्षाको नाउँमा कानुनलाई जति महिला मैत्री बनाय पनि यस्ले बरु झन महिलाहरुलाइ कम्जोर सावित गरिरहेको छ। कानुनको आँखामा स्त्री पुरुष बराबर भन्ने अवधारणा ल्याउनु सख्त जरुरी भैसकेको छ। यदि यस्तो भएमा स्त्रीका लागि भनेर भिन्दै आरक्षण राख्नुपर्ने जरुरत पनि रहने छैन ।

कानुन जसरी महिला मैत्री बनाइन्छ त्यति नै मात्रमा पुरुष माथि महिलाले हिंसा गर्न थाल्छन् र थाहा नहुदा नहुदै यो भित्र भित्र भुसको आगो झै सल्किरहेको छ। कानुनले स्त्रीलाइ पुरुषद्वारा प्राप्त हुने अंसको भागिदार बनाइदिदा स्त्रीमा आत्मनिर्भरता हराइ अरुको सम्पत्तिमा आश्रीत हुन सिकाउछ र केही गरि कुनै कारणबश यो प्राप्तिको बाटो असहज भएमा यस्ले अपराधको बाटो समेत समातेको उदाहरण देखिएको छ। लोग्नेले कमाएको/ आर्जन गरेको सम्पत्ति ( चल अचल दुवै ) आधा अंशमा श्रीमतीले दावी गर्न पाउने कानुनी हक रहेकोमा श्रीमतीले कमाएको सम्पत्तिमा पनि लोग्नेको हकाधिकार हाम्रो कानुनले खोइ त ब्यावस्थापन गरेको ?

स्त्रीले पुरुषसग अंश माग्न पाउछिन भने पुरुषले पनि स्त्रीसग अंश माग्न पाउने कानुनी अधिकार रहनुपर्छ अब। यो अवस्था नरहदा पुरुष माथी महिलाले गरिरहेको हिंसाले निरन्तरता पाइनै रहन्छ । स्त्रीले पुरुष माथी गरेको हिंसा र अत्याचारलाई कानुनले कति हदसम्म छुट दिइरहने भन्ने कुराले त्यो समाजको शान्ति अमन चयनको निरन्तरतामा समेत प्रभाव पार्दछ।

सम्पत्ति र यौनसग जोडिएको यावत कुराहरूमा स्त्री र पुरुष बिच कुनै बिभेदपुर्ण कानुन हुनुहुदैन। हाम्रो देशमा मात्रै होईन हिन्दु धर्ममा आस्था राख्ने जुनसुकै देशमा पनि यस्तै खालका कम्जोर कानुन छन । कानुनले केवल स्त्री मात्रै बलात्कृत हुन्छिन भन्ने बुझेको छ। आम मानिसको धारणा पनि स्त्रीले पुरुषलाई बलात्कार गर्न सक्तैनन् भन्ने नै छ। हामी हाइपोथेटिकल कुरामा बगिरह्यौ, धारणाकै पछि लागेर आजसम्म पुरुष माथि भएको अन्यायमा समेत चुप लागिरह्यौ।

हामीले यौन हिंसा भनेको स्त्री र पुरुष बिच हुने अमैत्रीय अस्वीकृत यौनजन्य क्रियाकलापलाई मात्रै बुझिरह्यौ,त्यो माथी पनि पुरुषले स्त्री माथी गर्ने जवर्जस्तीलाई मात्रै ।यौनसग शरीर मात्रै पनि कहाँ जोडिएको हुन्छ र ? के यो हाम्रो सामाजिक चरित्रसग जोडिएको हुन्न? के यो हाम्रो आर्थिक नैतिक र चारित्रीक कर्मसग जोडिएको हुन्न र ?

हाम्रो देशमा पुरुषमाथि हुने बलात्कारलाई कानुनी मान्यता छैन। पुरुष महिला द्वारा प्रताडित र बलात्कृत हुनै सक्तैन भन्ने आम धारणा छ। यही आम धारणालाई राज्यले पनि मान्दै आइरहेको छ । राज्यको कानुनलाइ स्त्रीले पनि उतिकै मान्नुपर्छ जति यो पुरुषले मान्छन।

विदेशमा बलात्कार गर्ने स्त्रीलाई पनि पुरुष सरहको सजायको व्यवस्था आइसकेको अवस्था छ। यहाँ बलात्कार भन्नाले केवल शारीरिक सम्पर्कलाई मात्रै मानिदैन। पुरुषलाई स्त्रीले गरेको कुनै पनि प्रकारका हिंसा र प्रातडना समेत पर्न आउछन।भारत लगायत विश्वभर महिलाजस्तै पुरुष पनि बलात्कारको सिकार भएका छन् तर भारतमा र नेपालमा पुरुषसँग हुने बलात्कारलाई कानुनी मान्यता नभएका कारण यस्ता घटना बाहिर आउँदैनन् । अमेरिका लगायत विश्वका अन्य देशमा पुरुषमाथि बलात्कारका घटना धेरै छन् । विदेशमा पुरुषलाई बलात्कार गर्ने ब्यक्तिलाइ कानुन बनेको छ, जसमा दोषीलाई सजाय दिने व्यवस्था समेत गरिएको छ ।

भारतमा र हाम्रो देशमा महिलासँगको बलात्कारलाई मात्रै बलात्कार मानिदै आएको छ। पुरुषमाथि हुने बलात्कारका सम्बन्धमा कानुन छैन । यद्यपि अप्राकृतिक यौनसम्बन्धमा कानुनी व्यवस्था गरिएको छ । यसअन्तर्गत दोषीलाई १० वर्षसम्म कैद र जरिवानाको व्यवस्था गरिएको छ ।

पुरुषमाथि बलात्कार गर्नेलाई कस्तो कानुनी व्यवस्था गर्ने भन्ने कुराको कुनै लिखित कानुनी ब्याख्या नभएको कारण पनि त्यस्तै खालका स्त्रीलाइ अपराध गर्न सहज भएको छ। । अझै बिडम्बना के छ भने विवाहको बहानामा महिलाले पुरुषसँग शारीरिक सम्बन्ध राखेमा उल्टो पुरुषलाई ठगी मुद्दा दायर गर्ने अधिकार कानुनी ब्यवस्था भने छ ।

जुन जुन देशमा यौन अपराधलाई लैङ्गिक तटस्थता बनाउने कुरा आउन थाले ती देशमा महिलाहरुले त्यस्को बदलामा ” मिटु” प्रोग्राम ल्याउन थाले। सबै महिला माथी यौन हिंसा भएको छ र पुरुष यस्को दोषि करार हो भनेर प्रमाणित गर्न खोजियो। अब नेपालमा पनि यौन अपराधलाई लैङ्गिक तटस्थ बनाउन कानुन निर्माणको लागी ढिला भैसकेको छ। महिलाका विरुद्धमा बोल्न पुरुषलाई बिल्कुलै छुट छैन तर पुरुषको विरुद्धमा महिलालाई जे जे भन्न र जे जे गर्न पनि छुट छ। अब लैङ्िगक तटस्थ विधेयक आउनुपर्छ । यस्को प्रयोग गर्नुपर्छ अनिमात्र बलात्कारजन्य घटनामा कमि आउने छ। समाजमा महिला मात्र नभएर पुरुष र तेस्रोलिङ्गी पनि बलात्कारको सिकार हुन्छन् । त्यसैले यस सम्बन्धमा कानुन बनाउन जरुरी छ ।

हाम्रो कानुनले महिलासँग हुने बलात्कारलाई मात्र अपराध मानेको छ । यदि कुनै पुरुषले महिलालाई बलात्कार गर्छ भने, उसलाई कानुनी सजाय हुन्छ तर पुरुष महिला द्वारा बलात्कृत भएको खण्डमा कानुन छैन किनभने कसैले कल्पना नै गरेनन् कि स्त्रीले पुरुषलाई बलात्कार गर्न सक्छन् भन्ने कुरा । अहिलेको यो डिजिटल दुनियाँमा पुरुष जति अपराधी छन स्त्री पनि त्यतिनै अपराधी छन।

नेपालको कानुनमा नाबालिकालाई जबरजस्ती करणी गर्ने पुरुषलाई हदैसम्मको कानुनी सजाय छ। तर स्त्रीले नाबालिक पुरुषलाई बलात्कार गरेमा के कस्तो सजाय हुन्छ त्यो अहिलेसम्म कानुन बनेको छैन। स्कुल पढ्ने आफ्नै नाबालकसग मिसले अबैध सम्बन्ध स्थापित गरिन भने त्यस्लाइ बलात्कार नभनेर नाजायज सम्बन्ध मात्रै भनेर कुरा लुकाइन्छ।

प्रकाशित मिति : १२ पुष २०७९, मंगलवार १५:०६

UniversityCollege.com