११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

यु-१६ महिला च्याम्पियनसिप छनाैटः म्यानमारसँग ११-१ गोलले पराजित हुँदै नेपाल बाहिरियो


५ असोज, काठमाडाैँ । म्यानमारसँग ११-१ गोलअन्तरले पराजित हुँदै नेपाल एएफसी यु-१६ महिला च्याम्पियनसिपको छनोटबाटै बाहिरिएको छ । काठमाडाैँको हलचोकस्थित एपीएफको खेल मैदानमा शुक्रबार साँझ सम्पन्न खेलमा म्यानमारसँग पराजित भएसँगै नेपालको छनोट हुने सम्भवना समाप्त बनेको हो ।

नेपालले पहिलो हाफमा एकपछि अर्को खराब प्रदर्शन गर्दै १० गोल खाएको थियो । नेपालले दोस्रो हाफ भने १ गोल खादा १ गोल फर्काउन सफल भएको थियो । खेलको ६३ औं मिनेटमा म्यानमारले अर्को गोल गर्दै ११-० को अग्रता बनाएको थियो ।

नेपालको लागि निकिता ठोकरले गोल गर्दै ११-१ गोलको स्थितिमा पुर्‍याएकी थिइन् । यसअघि यअसघि बुधबार भएको खेलमा नेपाल फिलिपिन्ससँग ४-० गोलअन्तरले पराजित भएको थियो । असोज ७ गते नेपालले अन्तिम खेलमा मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

प्रकाशित मिति : ५ आश्विन २०७५, शुक्रबार १८:२८