१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

पेनाल्टी सुटआउटमा क्रोएसियासँग ३–१ ले स्तब्ध हुँदै जापान घर फर्कियो


१९ मंसिर, काठमाडौँ । पेनाल्टी सुटआउटमा क्रोएसियासँग ३–१ ले स्तब्ध हुँदै जापान यो विश्वकपबाट घर फर्किएको छ । नेपाली समय अनुसार सोमबार राति भएको खेलमा जापानले क्रोएसियाको एकमात्र पेनाल्टी रोक्न सफल भयो भने आफूले पनि जम्मा १ गोल गर्न सक्यो ।

विश्वकपको यात्रामा जापान लगातार दोस्रो पटक नकआउट चरणबाटै बाहिरिन पुगेको छ । जापानका ताकुमा एसानोको पेनाल्टी मात्र सफल भयो । क्रोएसियाका लागि निकोला भ्लासिक, मार्सेलो ब्रोजोभिक र मारियो पासालिकले गोल गरे। निर्धारित समयमा खेल एक एक गोलको बराबरी भएपछि अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समय पनि एक एककै बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटबाट निर्णय लिइएको थियो ।

पहिलो हाफको ४३ औँ मिनेटमा डाइजेन माइडाले गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाएका थिए। तर ५६ औँ मिनेटमा इभान पेरिसिकले गोल गर्दै क्रोएशियालाई बराबरीमा ल्याएका थिए।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार २३:५६