४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

खुमलटारमा प्रचण्ड र गृहमन्त्री खाणबीच भेटवार्ता


१९ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल बताइएको छ ।

उनीहरूबी पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनेबारे छलफल भएको गृहमन्त्रालय स्रोतले बताएको छ । मंसिर ४ गते भएको निर्वाचनमा गठबन्धन गरेर निर्वाचनमा लडेका दलहरू पाँच वर्षसम्मै गठबन्धनकै माध्यमबाट मुलुकको विकास गर्न एकजुट भएर लाग्नेबारे कुराकानी भएको थियो ।

भेटमा प्रचण्डले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन गृहमन्त्रालयले खेलेको भूमिकाको प्रसंसा गरेका थिए ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार १६:५९