१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

सरकार अझै कति निरीह भएर भारतका लागि कम्फर्टेबल बन्छाैँ ?


१९ मंसिर, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारको निरीहताले सीमा नाघेको बताएका छन । पहिलो पटक राष्ट्रिय मुद्दामा आफ्नो धारणा राख्दै सामाजिक सञ्जाल मार्फत उनले मुख खोलेका हुन । उनले भारतको हेपाहा प्रवृतिले सीमा नाघेको बताएका छन ।

यस्तो छ लामिछानेको टिप्पणी

त्यहि महाकाली नदिमा तुइन तर्दा तर्दै तुइन काटिन्छ, खस्छन् ३३ बर्षका जयसिंह धामी महाकाली नदिमा र हराउँछन् सँधैका लागि । त्यहि महाकालीको किनारमा जबरजस्ती सडक बनाइरहदा गरिएको बिष्फोटबाट आएको ढुंगाले लागेर बित्छन् ९ वर्षीय बालक पवन महरा । त्यहि महाकालीको बहाव नेपालतर्फ धकेल्ने गरेर अनधिकृत पक्की संरचना बनाउँन थालिन्छ, प्रतिरोध गर्छन् नेपाली नागरिकले र उताबाट आएको ढुंगाले लागेर घाइते हुन्छन् खेल्दै गरेका चार जना बालबालिका । तर यी कुनै पनि कुरामा नेपाल सरकार देशले देख्ने गरी कहिँ कतै देखिदैन । वर्षौंको यो निरिहताको कारण के होला? आफ्नो सिमा जोगाउनु, आफ्ना नागरिकको अभिभावक बन्नु भन्दा अर्को महत्वपुर्ण कुरा के हुन्छ राज्यको ? आफ्नो सिमा जोगाउन, आफ्ना नागरिकलाई सुरक्षा दिन, अन्तराष्ट्रिय सन्धी सम्झौताका पाना पाना पल्टाएर बुँदा बुँदा केलाउँदै आफ्नो हक जोगाउन किन सक्दैन सरकार ? आफ्नो हक पाउनु भनेको कसैको बिरोध गर्नु होइन, कसैसँग जोरी खोज्नु होइन भन्ने कुटनीति बनाउन के ले रोक्छ सरकारलाई ? राज्य यस्तो हुनु हुदैन । सरकार अब यसरी चल्नु हुदैन । यो निरन्तरको निरिहताको अर्थ अब खोज्नु पर्छ।नेपाली राष्ट्रिय राजनीतिमा अब नयाँ पुस्ताको आगमन भैसकेको छ। त्यसैले अब नयाँ सिरा बाट कुरा गरौं। दार्चुलामा भेट्ने हो कि काठमाडौमा भेट्न हो कि दिल्लीमा भेट्ने हो तय गरौ तर निरिहताको निरन्तरता हाम्रो पुस्तालाई स्विकार्य छैन।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार १६:०६