१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

सेयर बजारमा दाेहाेराे अंककाे गिरावट, सयपत्री हाइड्राेपावरकाे सेयरमूल्य सर्वाधिक बढ्याे


१९ मंसिर, काठमाडाैं ।  साताको दाेस्राे काराेबारकाे दिन साेमबार सेयर बजार भारी अंकले घटेकाे छ । पहिलो काराेबारकाे दिन आइतबार झिनो सुधार आएको सेयर बजार साेमबार दाेहाेराे अंकले घटेकाे हाे । आज नेपाल स्टक एक्सचेञ्ज २४.४६ अकंले बढेर १९३८.७६ बिन्दुमा बन्द भएको छ ।

कूल २४० वटा कम्पनीकाे ४१ लाख २७ हजार २ सय ८६ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ६७ करोड ४ लाख ५५ हजार रूपैयाँ बराबरको कारोबार भएकाे छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहकाे सेयर घटेको छ । आज रिडी पावरको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको सेयर ३० करोड ८३ लाख ५७ लाख रुपैयाँको कारोबार भएको छ ।

साेमबार सयपत्री हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सर्वाधिक बढेकाे छ । कम्पनीकाे सेयरमूल्य ३.१२ प्रतिशतले बढेर ३ सय ६४ रूपैयाँ पुगेकाे छ ।

यस दिन अजाेड इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ७.३७ प्रतिशतले घटेर ४ सय १५ रूपैयाँमा पुगेकाे छ ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार १५:३३