१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

घटेकाे सेयर बजार आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार


१९ मंसिर, काठमाडौं । साताको दाेस्राे काराेबारकाे दिन साेमबार सेयर बजार भारी अंकले घटेकाे छ । पहिलो काराेबारकाे दिन आइतबार झिनो सुधार आएको सेयर बजार आज भने राताम्य भएको हाे ।

आज नेपाल स्टक एक्सचेञ्ज २४.४६ अकंले बढेर १९३८.७६ बिन्दुमा बन्द भएको छ । आइतबार भने नेपाल स्टक एक्सचेञ्ज २.१६ अकंले बढेर १९६३.२२ बिन्दुमा बन्द भएको थियो ।

२४० कम्पनीको ४१ लाख २७ हजार २८६ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ६७ करोड ४ लाख ५५ हजार ३४ रुपैयाँको कारोबार भएको छ । आज रिडी पावरको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको सेयर ३० करोड ८३ लाख ५७ लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्टको २० करोड २३ लाख ४६ हजार रुपैयाँ, नबिल बैंकको ८ करोड ४७ लाख ८९ हजार रुपैयाँ, हिमालयन डिस्टलरीको ७ करोड ३८ लाख ४३ हजार रुपैयाँ र नेष्डो समृद्ध लघुवित्तको ३ करोड ७१ लाख ८९ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार १५:२५