११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

समानुपातिकतर्फ ‘थ्रेस होल्ड’ कटाउन नसक्दा चार सिट गुमाउँदै एकीकृत समाजवादी


१९ मंसिर, काठमाडौं । आम निर्वाचन २०७९ मा प्रतिनिधिसभातर्फ समानुपातिकमा एकीकृत समाजवादीले ‘थ्रेस होल्ड’ कटाउन नसक्दा चार सिट गुमाउने भएको छ । प्रतिनिधिसभातर्फ समानुपातिकमा एक करोड चार लाख २० हजार १२५ मत सदर भएकाे छ । एकीकृत समाजवादीले उक्त सदर मतको ३ प्रतिशत मत कटाउन नसक्दा चार सिट गुमाउने लगभग निश्चित भएको हो ।

सोमबार मध्याह्नसम्म उक्त पार्टीले दुई लाख ९४ हजार ३६२ मत पाएको छ । त्यसमा थप १८ हजार २४२ मत पाएको भए थ्रेसहोल्ड कटाएर उक्त पार्टीले पनि समानुपातिकमा सिट पाउन सक्थ्यो । थोरै मतान्तरले मात्र समानुपातिकमा ठूलो क्षति व्यहोर्ने दल बनेको एकीकृत समाजवादीले प्रत्यक्षतर्फ भने १० सिट जितेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार १३:३१