१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

नेकाे इन्स्योरेन्सले घाेषणा गर्याे लाभांश, बोनस र नगद कति ?


१९ मंसिर, काठमाडाैं । नेकाे इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको हाे ।

मंसिर १८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीकाे १५ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे हाे ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमाेदन गरेपछि वितरण गरिनेछ ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार ११:०१